(१) समितिले नियम ५ को उपनियम (११) बमोजिम स्वीकृतिको लागि कार्य विवरण पेश गरेकोमा बेकम्मा ठहरिएको सामान जतिको हकमा सम्बन्धित विभाग वा बाहिनी अड्डाले कार्य विवरण हेरी कुनै कैफियत नदेखिएमा मनासिब निकासा दिनेछ र त्यसको सूचना रक्षा मन्त्रालय, सम्भाररथी विभाग (जनरल) र सम्बन्धित डिपोहरुलाई पठाउनेछ ।
(२) सामान खप्ने अवधि पुग्नुभन्दा अगावै कुनै सामान बेकम्मा ठहराउनु पर्ने अवस्था पर्न गएमा त्यस्ता सामान बेकम्मा ठहर्याउनु पर्ने कारण दर्शाई सम्बन्धित विभाग वा बाहिनी अड्डाले एकीन गरी बेकम्मा ठहर्याउने स्वीकृतिको लागि सम्भाररथी विभाग (जनरल) मा पठाउने र सम्भाररथी विभाग (जनरल) ले पनि उचित ठहर्याई आवश्यक देखिएमा स्वीकृति दिन सक्नेछ ।
(३) सामान खप्ने अवधि नतोकिएको सामानको हकमा त्यस्ता सामानलाई बेकम्मा ठहर्याउन सम्भाररथी विभाग (जनरल) मा पेश गरी स्वीकृत भएपछि बेकम्मा ठहर्याउनु पर्नेछ ।
(४) कार्य विवरणमा कुनै कैफियतदेखि कारबाही गर्नु गराउनु पर्ने भएमा सम्बन्धित विभाग वा बाहिनी अड्डाले कारबाही गर्ने, गराउनेछ र त्यसको सूचना रक्षा मन्त्रालय र सम्भाररथी विभाग (जनरल) मा पठाउनेछ ।
(५) बेचल्ती ठहर्याएको सामानको हकमा सम्भाररथीले निकासाको लागि रक्षा मन्त्रालयमा लेखि पठाउनु पर्छ ।